बुधबार, २६ वैशाख २०८१

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटलबिच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता

समयपोष्ट २०७९ चैत १५ गते १६:४१

Advertisement

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल मार्केट्स लिमिटेडबिच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्स लिमिटेडका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज श्री मनिषा दाहालको समेत उपस्थिति रहेको थियो ।

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेत कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाण्डौं मार्फत उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री