मंगलबार, १८ वैशाख २०८१

नेप्से २२.७५ अंकले बढ्यो

समयपोष्ट २०८० चैत २५ गते १६:१७

Advertisement

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा पुगेको छ ।

यस दिन ३११ धितोपत्रका एक करोड १२ लाख १० हजार १०२ कित्ता सेयर चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँमा किनबेच भयो ।

१३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक बढ्यो । बाँकी दुईको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, जानकी फाइनान्स कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी होटेल लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री