जनता बैंकको ‘जनता सुरक्षा बचत खाता’
नेको इन्स्युरेन्ससंगको सहकार्यमा जनता बैंकले ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । ग्राहकहरुलाई अधिकतम लाभ पुर्याउँने उद्देश्यले बैंकले आकर्षक बीमा सुविधा सहितको बचत योजना संचालनमा ल्याएको बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बैंकका अनुसार न्यूनतम निक्षेप रु. १०,०००.०० मा उक्त खाता खोल्न सकिने छ । उक्त खातामा ग्राहकहरुलाई वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । साथै बचतकर्ताको रु. १० लाख सम्मको दुर्घटना बीमा समेत उक्त खातामा समेटिएको छ ।
बचतकर्ता बिरामी भई अस्पताल भर्ना हनु पर्दा रु. १ लाख सम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा रु. ५,०००.०० सम्मको उपचार खर्चको बीमा गरिएको बैंकले जनाएको छ ।
उक्त खातामा बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट समेत दिइएको छ भने ATM, ABBS, Internet Banking, Mobile Banking, C-ASBA सुविधा समेत उपलब्ध गराईएको छ । बचत योजना २०७४ चैत्र ७ गते देखि लागु हुने बैंकले जनाएको छ ।
बैंकले हाल देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया