बिहीबार, ८ साउन २०८२

एनआई सी एशियाको “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा, ५ लाखको दुर्घटना बीमा सुविधा

समयपोष्ट २०७४ चैत ६ गते १६:५९

एनआई सी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा उक्त बचत खातामा रहेको बैंकले मंगलबार बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

सो खातामा नि:शुल्क भिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैंकिंग सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०∞ छुट प्रदान गरिने बैंकले जनाएको छ । साथै मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर (Home Banking Service) सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

सो खाता खोलि मोबाइल बैंकिंग¨ सेवा लिए पछि NTC वा NCELL को रु १०० बराबरको रिचार्ज कार्ड Top Up समेत नि:शुल्क प्रदान गरिने छ । रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८∞ का दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाख सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निशुल्क For Payment चेक जारी गर्न सकिने सुविधा छ र Balance Certificate जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

उक्त खाता सिमित अवधिसम्मको लागि मात्र संञ्चालनमा रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री