मंगलबार, ८ जेठ २०८१

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन माग, यस्ता बिद्यार्थीले दिनसक्नेछन् आवेदन

समयपोष्ट २०७८ चैत १६ गते ९:३८

Advertisement

काठमाडौँको बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि आवेदन आह्वान गरिएको हो ।

आवेदन दिने विद्यार्थी वि.सं. २०६८ वैशाखदेखि २०६९ चैत मसान्तभित्र जन्म भई कम्तीमा २ वर्ष अगाडिदेखि सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७८ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्नेछ । विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने जनाइएको छ । परीक्षाका लागि २०७९ वैशाख १८ गते आइतबार दिउँसो १ देखि ४ बजेसम्म र वैशाख १९ गते सोमबार विहान ८ बजेदेखि १० बजेसम्म फर्म बुझउन सकिनेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री