दुई महिनाकी छोरीको घाँटी थिचेर हत्या, त्यसपछि माइक्रोवेबमा हालियो

एक आमाले आफ्नी दुई महिनाकी छोरीको घाँटी थिचेर विभत्स रुपमा हत्या गरेकी छन् ।

Advertisement

घटना भारतको दिल्लस्थित मालवीय नगर थाना क्षेत्रको चिराग दिल्ली गाउँको हो ।

उक्त महिलाले छोराको साटो छोरी जन्मिएका कारण छोरीको घाँटी थिचेर विभत्स हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । हत्यापछि आरोपी महिलाले शवलाई घरको छतमा राखिएको माइक्रोवेब ओभनमा लुकाएकी थिइन् । परिवारले बालिका गायब भएको सूचना प्रहरीलाई दिए । घरमा अनुसन्धानको क्रममा बालिका अनन्या कौशिकको शव भेटियो ।

बालिकाको शवलाई कब्जामा लिएर मालवीय नगर थानाको प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । हाल प्रहरीले बालिकाका आमा–बुवालाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको छ । परिवारमा गुल्शन कौशिक र डिम्पल कौशिकबाहेक उनीहरुका चार वर्षका छोरा र दुई महिनाकी छोरी अनन्या कौशिक बस्दथे ।

गुलशनकी आमा र भाइ पनि उनीहरुसँगै बस्दछन् र घरको तल्लो तलामा किराना पसल चलाउँछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री