नबिल बैंक र मोबाइल वितरक संघबीच सम्झौता

नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल बिक्रेताहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसंग सम्झौता गरेको छ।

Advertisement

यस सम्झौताअन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने जनाइएको छ।

साथै, आफनो व्यवसायको आवश्कताबमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्त गर्न सक्ने पनि सम्झौतामा उल्लेख छ ।

उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन्।

साझेदारीको बारेमा बोल्दै बस्नेतले नबिल बैंक सधैं साना तथा मझौलास्तरका व्यवसायीको दिगो विकासका लागि समय–सान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले उपलब्ध गराउन लागि परेको बताए। यस साझेदारीअन्तर्गत संघसंग आबद्ध भएर नेपालभरी छरिएर रहेका मोबाइल वितरक व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री