मंगलबार, ८ जेठ २०८१

एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेंटमा प्रवेश गर्दै

समयपोष्ट २०७८ फागुन २९ गते १३:०१

Advertisement

नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी
(ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ ।

त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो। दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो। एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पांग्रे विद्युतीय सवारी ल्याउने छ।

वातावरण शुरक्षामा आफुहरु प्रतिबद्ध रहेको र वातावारण र नेपाललाइ सुहाउदो सवारी भित्र्याउन भित्राउन लागेको कम्पनिले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हिलर सवारी भित्राउने योजना बनाएको छ ।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताए। कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीले बिज्ञप्तिमा जनाएको छ ।

Advertisement

ओमेगा सिक्की कस्तो कम्पनि हो ?

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) Anglian Omega Group of Business को सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ। समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ।

विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रा. Ltd. कम्पनीले आफ्नो इन-हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ। RAGE+ ब्रान्ड अन्तर्गतका गाडीहरू भारतका धेरै प्रमुख ईकमर्स र रसद कम्पनीहरूले प्रयोग गर्छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री