
पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । थप २९१ जना सङ्क्रमणमुक्त भएका छन् । देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।







प्रतिक्रिया