मंगलबार, १४ असार २०७९

राष्ट्रपति विद्या भण्डारी कि झलनाथ खनाल ?

समयपोष्ट २०७४ फागुन २२ गते ६:४०

नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । भावी राष्ट्रपतिको उम्मेदवार छनोटका लागि बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । राष्ट्रपतिमा एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व अध्यक्ष झलनाथ खनालको दावी छ ।

Advertisement

उम्मेदवारमा सहमति नभए बहुमतीय प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने तयारी छ । राष्ट्रपति निर्वाचनको मनोनयन बुधबार हुँदैछ । मनोनयनअघि उम्मेदवार छनोटका लागि स्थायी समिति बस्न लागेको हो ।

वर्तमान राष्ट्रपति भण्डारी र पूर्व अध्यक्ष खनाल दुवैले आफ्नो उम्मेदवारीको लविङ बढाइरहेका छन् । गुटगत रुपमा भण्डारीलाई अध्यक्ष ओली समूहको समर्थन छ । खनालको पक्षमा वरिष्ठ नेता माघवकुमार नेपाल समूहले समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री