सोमबार, २४ वैशाख २०८१

यी रक्त समुहका मानिसमा कोभिड-१९ को उच्च जोखिम

समयपोष्ट २०७६ चैत ५ गते १२:०४

Advertisement

चीनका मेडिकल अनुसन्धानकर्ताहरुले मानिसको रक्त समुहको आधारमा कोभिड-१९ को संक्रमण फरक फरक हुँने निष्कर्ष निकालेका छन् ।

नोवल कोरोनाको उद्गम थलो भनिएको चीनको हुवेई प्रान्तको वुहान र सेञ्जनमा गरिएको अध्ययनले सो निश्कर्ष निकालेको साउथ चाईना मर्निंग पोष्टले जनाएको छ । रक्त समुह ए भएका ब्यक्तिहरुमा कोभिड-१९ को संक्रमण धेरै देखिने र संक्रमण भएपछि अवस्था जटिल हुँने अध्ययनको निष्कर्ष छ । अध्ययनका अनुसार रक्त समुह ओ भएका ब्यक्तिकमा कोभिड-१९ को संक्रमणको जोखिम कम हुन्छ ।

वुहान विश्वविद्यालय अस्पतालको सेण्टर फर एभिडेन्स बेष्ड एण्ड ट्रान्ससेस्नल मेडिसिनको सहकार्यमा गरिएको अनुसन्धानमा दुई हजार भन्दा बढी मानिसको रगतको नमूना विष्लेषण गरिएको थियो ।

अध्ययनको निष्कर्ष जे निस्किए पनि रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुमा कोभिड-१९ को संक्रमणको जोखिम अत्याधिक हुन्छ । रक्त समुह ए अथवा ओ जे भएपनि सबै रक्त समुहका मानिसले कोभिड १९ को संक्रमणबाट बच्न विशेष सावधानी अवनाउन जरुरी छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री