मंगलबार, ११ कार्तिक २०८२

सिटिजन लाइफले ल्यायो वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना

समयपोष्ट २०७५ फागुन १५ गते १७:१२

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामक नयाँ योजना प्रस्तुत गरेको छ ।

काठमाडौंमा सम्पन्न एक कार्यक्रम मार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

यस विशेषताले ग्राहकहरुलाई बीमा योजना अनुसारको आफ्नो बीमाशुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउनेछ । साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत शुभारम्भ गरेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री