
माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले आज बर्दियाको ठाकुरबाबा गाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको जनाएको छ ।
बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ । उक्त एटीएमको उद्घाटन ठाकुरबाबा गाउँपालिकाका उपमेयर कृष्ण कुश्मा थारुले गरे ।







प्रतिक्रिया