मंगलबार, ११ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ फागुन ८ गते १८:००

Advertisement

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे ।

यससंगै बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतद्धय तिल बहादुर गुरुé तथा गोविन्द बहादुर राउतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले आइएमई जनरल इन्स्योेरेन्संगको सहकार्यबाट दुवै संस्थाका ग्राहकहरुले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने हुनाले आफूलाई असाध्यै खुशी लागेको बताए । उनले निकट भविष्यमानै अन्य सेवाहरुमा पनि क्रमस हातेमालो गर्दै अगाडी बढ्ने बताए ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री