बिहीबार, १५ चैत २०८०

एलआईसीले ल्यायो ‘जीवन साथी’ बीमा योजना

समयपोष्ट २०७५ फागुन ४ गते १५:१६

Advertisement

“रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन साथी’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ ।

फाल्गुण १ गते एक समारोहबीच उक्त ‘जीवन साथी’ योजनाको औपचारिकरुपमा सार्वजनिक अनावरण बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे । १८ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् ।

न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १५ बर्षको हुनेछ ।

बीमा अवधिमा बिमितको निधन भएमा बीमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बा“की अवधिको लागि निजको श्रीमान्/श्रीमतीलाई बीमाङ्कको ५०∞ निःशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ ।

न्युन बीमाशुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बिमितले यस बीमा योजनामार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउदै परिवारमा वित्तिय सुरक्षा प्रदान गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री