एनएमबी बैंकले बेलायतको सिडिसी ग्रुपबाट डेढ अर्ब रुपैयाँ ऋण ल्याउँदै
समयपोष्ट
२०७५ फागुन १ गते २१:५८
एनएमबी बैंकले बेलायतको सिडिसी ग्रुपसँग एक करोड ५० लाख डलर(डेढ अर्ब रुपैयाँ) ऋण ल्याउने सम्झौता गरेको छ।
बैंकले तीन वर्षको लागि उक्त ऋण पूर्वाधार विकास, कृषि, साना तथा मझौला उद्योग, लघु कर्जा, पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।
सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले अफ्रिका र दक्षिण एसियाली देशहरुमा रोजगार सिर्जना गरेर आर्थिक विकास गर्ने उद्देश्यसहित लगानी गर्दै आएको छ। नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन खुला गरेपछि बैंकले अहिलेसम्म तीन पटक गरेर तीन अर्ब रुपैयाँ भन्दा धेरै ऋण ल्याउनेछ ।
प्रतिक्रिया