आइतबार, २३ वैशाख २०८१

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान

समयपोष्ट २०८० फागुन १० गते १८:५६

Advertisement

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मिति २०८० फाल्गुन ९ मङ्गलबारका दिन जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।

रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा कम्पनीको डेपुटी सि ई ओ नीराजन कंडेल ज्यू, एरिया म्यानेजर ईशा प्रधान ज्यू लगाएतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री