आइतबार, २३ वैशाख २०८१

आई.एम.ई. लाइफ बाल किरण जीवन बीमा योजना : आफ्नो बालबालिकाहरुको भविष्य सुरक्षित गर्नुहोस्

प्रायोजित २०८० फागुन ८ गते ११:१५

Advertisement

आजको यो समयमा संसारका सबै आमाबुबाहरुले आफ्नो छोरा छोरीहरुको भविष्य उज्ज्वल र सुरक्षित रहोस् भन्ने चाहान्छन् । माया र ममताको आवश्यकता सँग–सँगै आफ्नो छोरा छोरीहरुलाई राम्रो भविष्य दिन राम्रो वित्तीय योजना हुन पनि उत्तिकै महत्वपूर्ण रहेको छ । आई.एम.ई. लाइफ इन्सोरेन्स, बीमा क्षेत्रमा एक विश्वसनीय नामले बाल बालिकाहरुलाई लक्षित गरि ल्याएको बीमा योजना आई.एम.ई. लाइफ बाल किरण जीवन बीमा योजना बालबालिकाहरुको भविष्य सुरक्षित गर्न ल्याईएको जीवन बीमा योजना हो ।

यस बीमा योजनाको बारेमा विस्तृत रुपमा जानौं

आई.एम.ई. लाइफ बालकिरण जीवन बीमा योजना लिई सानै उमेरदेखि आफ्ना बालबालिकाको आर्थिक भविष्य सुरक्षित गर्न सकिनेछ । बालबालिकाहरुको न्यूनतम प्रवेश उमेर ० रहेको यस बीमा योजनामा अधिकतम प्रवेश उमेर १५ सम्म रहेको छ । त्यस्तै गरी, अभिभावकहरूले १८ देखि ६५ वर्ष सम्मको उमेर बीचमा यो योजनामा प्रवेश गर्न सक्छन् ।

आफ्नो वित्तीय योजनालाई उपयुक्त हुने अवधि छनोट गर्न, यो योजनाको बीमा अवधि १५ देखी २५ वर्ष सम्म रहेको छ । बालबालिकको न्यूनतम परिपक्वता १६ वर्ष रहेको यस बीमा योजनामा अभिभावकको अधिकतम परिपक्वता उमेर ७० वर्ष सम्म रहेको छ ।

Advertisement

उच्चतम वित्तीय सुरक्ष प्रदान गर्न, आई.एम.ई. लाइफ बालकिरण जीवन बीमा योजनाको न्यूनतम बीमाङ्क रकम रु १००,००० रहेको छ । साथै, बीमाशुल्क भुक्तानीहरु नियमित रुपमा (वार्षिक, अर्धवार्षिक वा त्रैमासिक), एकै पटक भुक्तानीको रुपमा, वा प्रत्येक बीमा अवधिको लागि निर्धारित तालिका अनुसार सीमित भुक्तानीहरू मार्फत गर्न सकिनेछ ।

आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस बीमा योजनामा प्रस्तावकहरुका सबै बीमा योग्य नाबालिक बालबालिकाहरुको बीमाङ्क रकम रु ५००,००० सम्म सीमित गरेको छ । यदि प्रस्तावकले आफ्नो बच्चाको बीमा तोकिएको सीमा भन्दा बढी गराउन चाहेमा, संचयी बीमाङ्क रकम प्रस्तावकको जीवन बीमाको बीमाङ्क रकममा सीमित हुनेछ ।

यस बीमा योजना लिन अघि जन्न पर्ने कुरा जोखिम रक्षावरण लागु हुने समय पनि हो । बीमित बालबालिकाहरुको जोखिम रक्षावरण बीमा लिएको २ वर्ष पछि वा जन्म भएको ६ वर्ष पूरा भए पछि (जुन पछि आउनेछ) लागु हुनेछ । यदि बीमित बालबालिकाको बीमा प्रवेश उमेर १५ रहेको छ भने, जोखिम रक्षावरण बीमा लिएको एक वर्ष पछि लागु हुनेछ ।

यस बीमा योजना अन्तर्गत बीमा समाप्त हुने मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रहि उक्त मितिमा बीमाङ्क र नियमानुसारको बोनस रकम भुक्तानी समेत दिइनेछ ।

जोखिम रक्षावरण भइसकेपछि बीमितको (बालबालिका) मृत्यु भएमा बीमाङ्क रकमको २५% तुरुन्तै भुक्तानी गरिनेछ भने बाँकी ७५% बीमाङ्क रकम र मृत्यु सम्म जम्मा भएको बोनस परिपक्वतामा एकमुष्ट भुक्तानी गरिनेछ । यदि बीमित (बालबालिका) को जोखिम रक्षावरण सुरु हुने मिति भन्दा पहिले नै मृत्यु भएमा, बीमा योजनाको सबै बीमाशुल्क फिर्ता गरिनेछ ।

अतिरिक्त लाभहरू

बीमा सक्रिय रहदा दुर्घटना वा बिरामीको कारण प्रस्तावकको मृत्यु वा पूर्ण स्थायी अशक्तता भएमा निम्न लाभहरू प्रदान गरिनेछः

एकमुष्ठ भुक्तानी लाभ

अतिरिक्त शुल्क सहित यो सुविधा अवधि भित्र प्रस्तावकको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी असक्तता भएमा बीमाङ्क रकम एकमुष्ठ भुक्तानी लाभ वापत भुक्तानी दिइनेछ ।

बीमाशुल्क मिनाहा लाभ

बीमाङ्क बराबर मूल बीमालेख अन्तर्गत तिर्नुपर्ने बाँकी बीमाशुल्क मिनाहा हुनेछ ।

शैक्षिक आम्दानी सुविधा

बीमाङ्कको निर्धारित रकम मासिक वा त्रैमासिक रुपमा भुक्तानी दिइनेछ ।

आई.एम.ई. लाइफ बाल किरण जीवन बीमा योजनाले तपाईको रक्षावरण बढाउन काजक्रिया खर्च सुविधा, दुर्घटना मृत्यु लाभ र घातक रोग सुविधा जस्ता पूरक करार समेत प्रदान गर्दछ ।
अनिश्चितताले भरिएको जीवनमा, आई.एम.ई. लाइफ बाल किरण जीवन बीमा योजना तपाईंको बालबालिकाहरुको सपना र आकांक्षाहरू सुरक्षित गर्न भरपर्दो र बलियो योजना हो । यसको सुविधा र लाभहरु, तपाईंको बालबालिकहरुको आर्थिक स्थिरता सुनिश्चित गर्न सही बीमा योजना हो ।

यस जीवन बीमा योजना www.imelifeinsurance.com मा लगईन गरि विस्तृत रुपमा सकिनेछ । आईएमई लाइफ बाल किरण जीवन बीमा योजना मार्फत आजै तपाईंको बालबालिकाहरुको भविष्यमा लगानी गर्नुहोस्, र उनीहरूको सपनाहरू सधैं सुरक्षित रहनेछन् भन्ने कुरा बुझेर उनीहरूलाई आत्मविश्वासका साथ बढेको हेर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री