सोमबार, २४ वैशाख २०८१

हिमालयन लाइफका अध्यक्ष अग्रवालले लिए सपथ

समयपोष्ट २०८० माघ २३ गते १४:४४

Advertisement

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शुलभ अग्रवालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अग्रवालले सोमवार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ पश्चात प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सफल कार्यभकामना व्यक्त गरे भने कम्पनीका अध्यक्ष शुलभ अग्रवालले कम्पनीको हितमा काम गर्ने बताए ।

कम्पनीको अध्यक्ष शुलभ अग्रवाल आइतवार सम्पन्न संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका थिए ।

Advertisement

सो सपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक राजु रमण पौडेल तथा कम्पनीका नवनिर्वाचित संचालकहरु सौरभ दुगड, राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र कम्पनी सचिव ईश्वर कुमार सेडाईको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री