मंगलबार, ६ चैत २०८०

सहमतिमा यौनसम्बन्धका लागि उमेर हद बढाउने तयारी

एजेन्सी २०७९ फागुन ९ गते ११:५४

Advertisement

जापानमा सहमतिमा यौनसम्बन्धका लागि उमेर हद बढाउने तयारी गरिएको छ ।

यसअघि कायम रहेको १३ वर्षको उमेर हदलाई बढाएर १६ वर्ष बनाउन लागिएको हो ।

देशमा यौन अपराधमा रोक लगाउनका लागि नियममा परिवर्तन गर्न लागिएको बीबीसीले जनाएको छ ।

सन् २०१९ मा उमेरकै कारण धेरै दोषीहरूले सफाइ पाएपछि त्यसको व्यापक विरोध भएको थियो ।

नयाँ प्रस्तावमा बलात्कारको परिभाषालाई विस्तार गर्ने र नाबालिगको मामिलामा थप कडा नियम ल्याउने बताइएको छ ।

त्यस्तै, बलात्कारको मामिला उजुरी गर्ने समय सीमा १० वर्षदेखि बढाएर १५ वर्ष बनाइने भएको छ । हाल विकसित देशमध्ये सहमति यौन सम्बन्ध कायम गर्ने उमेर जापानमा सबैभन्दा कम छ । जर्मनी र इटालीमा यो उमेर हद १४ वर्ष रहेको छ भने ग्रीस र फ्रान्समा यो उमेर १५ वर्ष रहेको छ । अमेरिकामा र बेलायतमा यो उमेर हद १६ वर्ष रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री