शनिबार, १५ वैशाख २०८१

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने, वार्षिक १०.३०% ब्याज

समयपोष्ट २०७९ माघ १८ गते १०:५१

Advertisement

स्ट्यान्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत व्याजदरको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ निष्काशन गर्ने भएको हो ।

बैंकले प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको हो ।

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन गरिने बैंकले जनाएको छ ।

सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्र मध्ये ४८ हजार कित्ता सामुहिक लागनी कोषको लागि बाँडफाँट गरिएको जनाएको छ ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्कासन छिटोमा फागुन १ गते बन्द हुनेछ । त्यस अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेले ढिलोमा फागुन ११ गते बन्द हुनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री