बिहीबार, २० वैशाख २०८१

सूर्या लाइफ इन्स्योरेन्सको वित्तिय विवरण सार्वजनिक

समयपोष्ट २०७८ माघ २३ गते १२:३१

Advertisement

सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ३ हजार ३९२ दाबीबापत ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ९६ दाबीबापत १ करोड ६६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

Advertisement

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १८ रुपैयाँ ६८ पैसाबाट घटेर १२ रुपैयाँ २९ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ६३.९९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १८.३३ प्रतिशत बढेको छ भने जगेडा कोष ४.३२ प्रतिशत घटेको छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष ३५.३५ प्रतिशत र महाविपत्ती कोष २६.१९ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री