शुक्रबार, १४ वैशाख २०८१

प्रधानन्यायाधीश नागरिकता प्रकरण : कान्तिपुर मिडिया गु्रपलाई सर्वोच्चको यस्तो आदेश

समयपोष्ट २०७४ फागुन १३ गते १३:५१

सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।

Advertisement

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो ।

प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो ।

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ ।

साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे÷नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री