मंगलबार, ११ वैशाख २०८१

२८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा लगानी जुट्यो

समयपोष्ट २०७४ फागुन ११ गते ८:३९

२८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा चार वाणिज्य बैंक तथा जलविद्युत विकास कम्पनीले सहवित्तीयरकणमा कर्जा लगानी गर्ने भएका छन् ।  कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको बैंकले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।

Advertisement

उक्त आयोजनामा लक्ष्मी बैंकले १ अर्व २४ करोड, कुमारी बैंकले १ अर्व, सेन्चुरी कमर्शियल बैंकले ७५ करोड, प्रभु बैंकले ४० करोड तथा जलविद्युत लगानी तथा विकास कम्पनीले ८० करोड कर्जा लगानी गर्ने भएका छन् ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निमार्ण गर्देछ ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता ०७३ साल पौष १४ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट ०७२ चैत्र २८ गते  विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले झण्डै १७०.८४ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री