शुक्रबार, १६ चैत २०८०

भैरहवामा कैलाश विकास बैङ्कको शाखा

समयपोष्ट २०७४ माघ २८ गते ३:४२

देशका विभिन्न भेगमा सेवा सञ्चालन गर्ने क्रममा कैलाश विकास बैङ्कले शुक्रवारदेखि रूपन्देहीको भैरहवामा शाखा सञ्चालन गरेको छ ।

Advertisement

बैङ्क सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहबीच उक्त शाखाको उद्घाटन गरेका हुन् । देशका सबै स्थानीय तहमा वित्तीय संस्था खोल्ने नेपाल राष्ट्र बैङ्कको नीतिअनुरूप बैङ्कले हालै सुनसरीको इटहरीमा समेत शाखा सञ्चालन गरेको थियो ।

उक्त शाखाबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैङ्किङलगायत आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कले जानकारी दिएको छ ।

बैङ्कले देशका विभिन्न भागमा ४३ शाखा तथा २२ एटीएम काउण्टरमार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री