बिहीबार, १५ चैत २०८०

५०.५३ प्रतिशतले बढ्यो लाइफ इन्स्योरेन्स कर्पोरेशनको खुद नाफा

समयपोष्ट २०७७ माघ ३० गते १४:२८

Advertisement

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५०.५३ प्रतिशतले खुद नाफा बढाएको छ ।

गत आर्थिक वर्षमा ७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ११ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्सको खुद नाफा बीमांकिय मुल्यांकनपछि फरक पर्न सक्छ। खुद नाफासंगै कम्पनीको खुदबिमा शुल्क पनि बढेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.९२ प्रतिशत अर्थात् १ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, पुनर्बीमा कमिशन बापत ७८ लाख ३७ हजार रुपैयाँ र बीमालेख धितोमा १३ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेर ७३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ४० लाख, जीवन बीमा कोषमा ७४ अर्ब २४ करोड ४९ लाख र महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

कुल ७ लाख ६ हजार ८७९ वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ९ अर्ब ६१ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले ८ हजार ८९० वटा दाबी बापत ४ अर्ब ५३ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेको छ भने २२ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३० पैसा र मूल्य आम्दानी अनुपात १२८.४९ गुणा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री