रणवीर र दीपिकालाई एउटै किस सिनले ल्याएको थियो नजिक
समयपोष्ट
२०७७ माघ २९ गते ९:४२
रणवीर र दीपिकाले १४ नोभेम्बर, २०१८ मा कोंकणी रीति–रिवाजमा इटलीको लेक कोमोमा विवाह गरेका थिए ।
विवाह अघि यी दुईले एक–अर्कालाई ६ वर्षसम्म डेट गरे । उनीहरु बीचको निकटता सन् २०१२ मा फिल्म गोलियों की रासलीला–रामलीलाको सेटमा बढ्यो जो उनीहरुले सँगै अभिनय गरेको पहिलो फिल्म थियो ।
एक अन्तरवार्तामा फिल्मका क्रु सदस्यले भनेका थिए, ‘सन् २०१२ मा सञ्जय लिला भंसालीको फिल्म गोलियों की रासलीला–रामलीलाको सेटमा अंग लगा दे गीत छायांकन गर्नुपर्ने थियो । दुबैले गीतको अन्त्यमा एउटा किसिङ सीन छायांकन गर्नुपर्दथ्यो । यो सुटिङका बेला दुबैले निर्देशकले कट भन्दा पनि एक अर्कालाई चुम्बन गरिरहे । त्यो रात सेटमा ५० जनाको उपस्थिती थियो र यो देखेर सबैजना चुप भएका थिए । त्यसपछि मात्रै पुष्टि भएको थियो कि यी दुई प्रेममा छन् ।’
प्रतिक्रिया