मंगलबार, १ जेठ २०८१

ज्याकलिन अब प्रियंका चोपडाको घरमा बस्ने

समयपोष्ट २०७७ माघ २४ गते १०:३२

Advertisement

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस मुम्बईस्थित प्रियंका चोपडाको घर कर्मयोगमा बस्ने भएकी छिन् ।

भारतीय मिडियाका अनुसार ज्याकलिनले भर्खरै मात्रै जुहुमा रहेको प्रियंकाको घर जसलाई कर्मयोग नाम दिईएको छ ७ करोडमा किनेकी छिन् ।

प्रियंका र निक जोनसले २०१८मा यसै घरमा विवाह गरेका थिए । घरमा लिबिङ एरियार र ठुलो बालकनीको पनि छ । समाचारका अनुसार करिव दुई बर्ष अगाडिदेखि ज्याकलिन नयाँ घरको खोजिमा रहेकी थिइन् । मुम्बईको जुहुमा उनको घरमा किन्ने इच्छा थियो । त्यो अहिले पुरा भएको छ ।

ज्याकलिन पछिल्लो समय शिरीष कुन्द्राको वेब सीरीज मिसेस सीरियल किलरमा देखिएकी थिइन् ।

Advertisement

यो सीरिज ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । उनी छिट्टै फिल्म ‘बच्चन पाण्डे’, ‘भुत पुलिस’ र ‘सर्कस’ समेत देखिनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री