सिभिल बैंक र जनरल इन्स्योरेन्सबीच सम्झौता
समयपोष्ट
२०७५ माघ ११ गते १३:४४
सिभिल बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच वीमा सेवा विस्तार सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस.के. टामोटले हस्ताक्षर गरे
सम्झौतासंगै जनरल इन्स्योरेन्सका वीमा सेवा विना झन्झट सिभिल बैंकका ७१ शाखाहरु मार्फत उपलब्ध हुँने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले यस अघिपनि निर्जीवन वीमा कम्पनीहरु तथा जीवन वीमा कम्पनीहरुसँग सम्झौता गरी निर्जीवन वीमा तथा जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया