शुक्रबार, २ साउन २०८२

माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७५ माघ ७ गते १७:१२

माछापुच्छ्रे बैंक लिमिटेडले तीन शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौँस्थित कुलेश्वर शाखा तनहुँ स्थितभिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको हो ।

कुलेश्वर शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा.बिरेन्द्र प्रसाद महतोले गरे ।

नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउँने छ। बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको बैंकले जनाएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४५ स्थानवाट सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरिरहेको छ । साथै,बैंकको देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री