सेयर बजारमा सामान्य गिरावट्
समयपोष्ट
२०७५ माघ ३ गते १५:१६
साताको अन्तिम दिन सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ ।
आज नेप्से परिसुचक ०.२ अंकले घटेर ११८७.७७ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६४ कम्पनीका ८ लाख कित्ता सेयर २८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको सेयर किनबेच भएको छ ।
आज जलविद्युत समुह ,अन्य समुह र लघुवित्त समुह परिसुचकहरु बढेका छन् भने अन्य सबै समुह परिसुचकहरु घटेका छन् ।
आज जलविद्युत समुह ४०.८१ ,अन्य समुह २.४८ र लघुवित्त समुह ९.२६ अंकले बढेका छन् ।
यसैगरी बाणिज्य बैंक समुह २.८१,ब्यापार ३.१३, होटल २.७२, विकास बैंक ०.७२,फाइनान्स ०.१२, निर्जिवन बिमा ६२.३६,उत्पादनमुलक समुह ४.२४ र जीवन बिमा समुह ४५.२७ अंकले घटेका छन् ।
प्रतिक्रिया