मंगलबार, ११ कार्तिक २०८२

युनियन लाइफको १८ घातक रोगको उपचारार्थ बीमा योजना सार्वजनिक

समयपोष्ट २०७५ पुष २७ गते १२:२७

Advertisement

युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सम्बन्धी बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलनमार्फत ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले यस्तो बीमा योजना सार्वजनिक गरेको जानकारी दिएको हो ।

कम्पनीले बालबच्चा जीवन बीमा योजना बाहेक सबै योजनामा यो सुबिधा लिन सकिने जनाएको छ । यस्तो सुविधा लिन न्युनतम १६ वर्षको हुनपर्ने भएकोले बालबच्चा जीवन बीमा योजनामा नसमेटिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले जानकारी दिए ।

सोह्र वर्षको उमेर देखि नै यो सुबिधा लिन सकिने हुँदा न्यूनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्ने दाबी सिईओ कर्णको छ ।

बाल बच्चा जीवन बीमा बाहेक अन्य सबै जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको हो । न्यून बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु नैं यस योजनाको मुख्य उदेश्य रहेको दाबी कम्पनीले गरेको छ ।

Advertisement

यस योजनाको बीमांक रकम न्युनतम बीमांक योजना अनुसार र अधिकतम ५० लाख सम्म निर्धारण गर्न सकिन्छ । न्युनतम १६ वर्ष देखि ६० वर्ष उमेर समुहका व्यक्ति यस योजनामा समेटछ । बीमा अवधि न्यूनतम ५ वर्ष देखि ३५ वर्षको हुने यस योजनामा बीमा शुल्क भुक्तानी भने बीमा योजना अनुसार हुनेछ ।

यो सुबिधा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै बैंकास्योरेन्स संम्झौता भएका बैंकहरुबाट समेत लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री