बिहीबार, ३ जेठ २०८१

कृषि बिकास बैंकले बिना धितो ऋण प्रवाह गर्ने

समयपोष्ट २०७५ पुष १९ गते १७:३५

Advertisement

कृषि बिकास बैंकले क्षेत्रीय कार्यलयका निर्देशक मिनराज पोखरेलले सवारी साधन तथा हेभी इकुप्मेनटमा बैकले बिना धितो ऋण प्रवाह गरेको दावी गरेका छन् ।

शाखा कार्यलय अर्घाखाँचीको आयोजनामा १ दिने बितिय साक्षरता तथा गैर कोषमा आधारित कारोबार सम्बन्धित ग्राहक अन्तरक्रिया कार्यक्रमा उनले उनले कृषि बिकास बैंकले सामान्य किसानहरुको निम्ति सामान्य प्रपोजलको आधारमा कर्जा प्रबाह गरिरहेको बताए । उनले एउटै फम वा ब्यक्तिलाई उसको कार्य कुशलताको आधारमा ५ अरब सम्म प्रबाह गर्न कृषि बिकास बैंक सक्षम रहेको दावी पनि गरे ।

कार्यक्रममा जिल्ला शाखाका प्रमुख चिरञ्जीवी बस्यालले जिल्ला शाखाको गतिविधि माथि प्रकाश पार्नुका साथै ग्राहक हरुलाइ आफ्नो शाखा मा ५ मिनेट पनि कुनै कामको लागी कुर्नु नपरेको दावी गरे । शाखाले विभिन्न ३८ वटा प्रोड्क्टहरुमा लगानी गरिरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री