शनिबार, १५ वैशाख २०८१

जनता बैंक र सिटिजन लाइफ इन्स्यूरेन्सबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७५ पुष १७ गते १८:२६

Advertisement

जनता बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।

उक्त सम्झौतासंगै ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री