सिबिफिनको नयाँ कार्यसमिति चयन, उपेन्द्र पौडेल अध्यक्ष

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को नयाँ कार्यसमिति गठन भएको छ ।

Advertisement

पाँचौँ साधारणसभाबाट चयन भएको समितिमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु समावेश छन्।

नयाँ कार्यसमितिमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली उपाध्यक्ष, र हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव चयन भएका छन्।

यस्तै, एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष र शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव चयन भएका छन्। गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्।

कार्यसमितिमा कार्यकारी सदस्यहरुका रुपमा प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबी बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन चयन भएका छन्।

Advertisement

सिबिफिनको यो नयाँ कार्यसमिति आगामी कार्यकालका लागि वित्तीय क्षेत्रमा सुधार, नीति निर्माणमा योगदान र समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको विकासमा सक्रिय रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री