यामाहाद्वारा इटहरीमा क्षेत्रीय सेल्स स्किल्स प्रतियोगिताको आयोजना
यामाहा नेपालले मेची कोशी क्षेत्रका लागि क्षेत्रीय सेल्स स्किल्स प्रतियोगिता इटहरीमा सफलतापूर्वक सम्पन्न गरेको छ। यो प्रतियोगिता बिक्री परामर्शदाताहरूको सीप, ज्ञान, र दक्षताको मूल्यांकन गर्दै उत्कृष्टतालाई प्रोत्साहित गर्न आयोजना गरिएको हो।
प्रतियोगितामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना उत्कृष्ट बिक्री परामर्शदाताहरूले सहभागिता जनाएका थिए। सहभागीहरूले अटोमोबाइल ज्ञान, उत्पादन विवरण, प्रतिस्पर्धात्मक रणनीति, र बिक्री प्रक्रियासम्बन्धी प्रशिक्षण तथा परीक्षण पूरा गरेर यो प्रतियोगिताको लागि छनोट भएका थिए।
प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन विजेताहरूको घोषणा गरियो। विजेता बी एन्ड बी अटो ट्रेडर्स, विराटचोकका चुडामणि आचार्य बने। पहिलो रनर-अपको स्थान जेनिशा अटोमोबाइल ट्रेडर्स, फत्तेपुरकी कृतिका घिमिरेले हासिल गरिन् भने दोस्रो रनर-अप पाथीभरा अटो प्यालेस, इलामकी मिरा सापकोटा बनिन्। यी विजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रममा यामाहा नेपालका क्षेत्रीय बिक्री प्रबन्धक रबिन श्रेष्ठले विजेता, पहिलो रनर-अप, र दोस्रो रनर-अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा उनले सहभागीहरूको समर्पण र मेहनतको प्रशंसा गर्दै भने, “यामाहा सधैं आफ्ना टिम सदस्यहरूलाई उत्कृष्ट बनाउन आवश्यक पर्ने सीप र ज्ञान प्रदान गर्न प्रतिबद्ध छ। यस प्रतियोगिताले सहभागीहरूको सीप र विशेषज्ञतालाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको छु।” सहभागी सबैले आफ्नो प्रयासको मान्यतास्वरूप सहभागिताको प्रमाणपत्र प्राप्त गरे।
यामाहाले अन्य क्षेत्रहरूमा पनि यस्तै सेल्स स्किल्स प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ। यसले बिक्री परामर्शदाताहरूलाई अझ सशक्त बनाउँदै उत्कृष्ट ग्राहक सेवाका लागि प्रेरित गर्नेछ।
एमएडब्लू राइड्सको सहायक कम्पनी यामाहा नेपालले दुई पाङ्ग्रे सवारीसाधन बजारमा आफ्नो विश्वसनीयता र ग्राहक सन्तुष्टिका लागि नेतृत्व कायम राखेको छ। यस्ता प्रतियोगिताहरूले प्रतिभा प्रोत्साहन गर्न र ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन यामाहाको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।
प्रतिक्रिया