माओवादी अध्यक्ष प्रचण्डबाट ‘नाडा अटो शो’ को अवलोकन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ को अवलोकन गर्नुभएको छ।
नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको रूपमा स्थापित यो शोमा उहाँले विशेष आकर्षणका रूपमा रहेको ‘उड्ने कार’ को समेत अनुभव लिनुभयो।
प्रदर्शनीको अवलोकनका क्रममा अध्यक्ष प्रचण्डले एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णुकुमार अग्रवालसँगै दुई सिटे उड्ने कारमा चढ्नुभएको थियो। यो उड्ने कारले प्रदर्शनीमा उपस्थित सबैको ध्यान खिचेको छ। नाडा अटो शोमा २ करोड २० लाख रुपैयाँ मूल्यको लक्जरी गाडीहरूदेखि अत्याधुनिक उड्ने कारसम्म प्रदर्शनमा राखिएका छन्।
नाडाका अध्यक्ष करण चौधरीले प्रदर्शनीको बारेमा प्रचण्डलाई विस्तृत जानकारी गराउनुभयो। कार्यक्रममा रोबोटले प्रचण्डलाई स्वागत गरेको थियो ।
नाडा अटो शोले नेपालको अटोमोबाइल क्षेत्रको विकास र नवीन प्रविधिको प्रदर्शनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यो वर्षको शोमा पनि विभिन्न ब्रान्डका सवारी साधन र प्रविधिहरूले दर्शकहरूको मन जितिरहेको छ।
प्रतिक्रिया