प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन
समयपोष्ट
२०८० माघ ३ गते १५:३३
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् ।
सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन गरिएको हो।
अध्यक्ष भट्टचन प्रभु ग्रुपकी प्रबन्ध निर्देशक पनि हुन् । उनले अमेरिकाबाट साइबर सुरक्षा विषयमा स्नातोकोत्तर सकेकी छन् । भट्टचनले प्रभु ग्रुप इंक, अमेरिका, सिंगापुर, मलेसिया लगायतका ग्रुपको विभिन्न देशका लागि सिपिङ कम्पनीको नेतृत्व गरिसकेकी छिन् ।
यसैगरी बैठकले सञ्चालकमा सम्झना अर्याल, विरेन्द्रजंग पाण्डे, सिए शंकर गौतम, ज्योती शेरचन र अन्जु अधिकारीलाई चयन गरेको छ ।
प्रतिक्रिया