बिहीबार, ६ कार्तिक २०८२

यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औं वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०८२ असार ३० गते २२:११


यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारण सभा आज मिति २०८२ असार ३० गते सोमबार अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।

Advertisement

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मतिबाट पारित गरियो। साथै, सञ्चालक समितिबाट पेश गरिएका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरू पनि सर्वसम्मतिबाट पारित भए।

हाल कम्पनीले आफ्नो प्रधान कार्यालयसहित ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालय, १५ वटा बीमा काउन्टर र ६ वटा तेस्रो पक्ष बीमा काउन्टरहरू मार्फत ३६५ बीमा सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले बीमितहरूलाई छिटो-छरितो सेवा प्रदान गर्ने, दावीहरूको समयमै फरफारक गर्ने, कारोबारको दायरा वृद्धि गर्ने र व्यवसायिक दक्षता हासिल गर्न प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। यसका लागि सूचना प्रविधिमा लगानी वृद्धि गर्दै बीमितहरूलाई डिजिटल बीमा पत्र (इ-बीमा पत्र) जारी गर्ने व्यवस्था मिलाउने योजना कम्पनीको भावी रणनीतिमा समावेश छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री