शनिबार, १८ चैत २०७९

आठ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८४ “झ” जारी गर्दै राष्ट्र बैंक

समयपोष्ट २०७९ माघ १६ गते १४:१२

Advertisement

केन्द्रीय बैंकले ८ अर्ब रुपैयाँ बराबरको ५ वर्षे अवधिको विकास ऋणपत्र २०८४ “झ” जारी गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार २०७९ माघ १७ गतेका दिन अपरान्ह ३ः०० बजे सम्म ऋणपत्र बोलकबोल हुने छ।

ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र https:// obss.nrb.org.np/pd को अनलाइन विडिंग सिष्टम सफ्टवेयर मार्फत् बोलकबोल पेश गर्नुपर्ने छ । माघ १७ मा ऋणपत्र बोलकबोल गरेर माघ १८ गते ऋणपत्र निष्काशन हुने छ । ऋणपत्रको सावाँ भुक्तानी भने २०८४ माघ १८ गते हुनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिनेरकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने छ ।

ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु.६.८० अर्ब र रु.१.२० अर्ब छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रमा घटीमा रु. पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्ने छ ।

यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्। ्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन्। अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ । नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्ट मनी वापत्को रकम यस बैंकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर यस विभागमा २०७९ माघ १७ गते दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्ट मनी वापत्को रकम आ–आफ्नो खातामा मौज्दात कायम गर्नु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री