आइतबार, ९ कार्तिक २०८२

जेनजी आन्दोलनको जाँचबुझ आयोगको सचिवालयमा नेतृत्व परिवर्तन

समयपोष्ट २०८२ कार्तिक ९ गते २०:०७


सरकारले जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीको घटनाबारे जाँचबुझ गर्न गठित आयोगको सचिवालयको नेतृत्वमा परिवर्तन गरेको छ।

Advertisement

गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको उक्त आयोगको सचिवालयको नेतृत्व यसअघि गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमालले गर्दै आएका थिए।

हाल सरकारले हमाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा सरुवा गरेको छ भने बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेललाई आयोगको सचिवालयको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

जाँचबुझ आयोगको सचिवालयमा सरकारले एक जना सहसचिव र एक जना उपसचिवलाई काजमा खटाएको छ।

साथै, आयोगको कार्यमा सहयोग पुर्‍याउन प्रहरी र सरकारी वकिल समूहका कर्मचारीहरू पनि खटिएका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री