आइतबार, ९ कार्तिक २०८२

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

समयपोष्ट २०८२ कार्तिक ९ गते १९:५२


गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ ।

Advertisement

उहाँसँगै भ्रमण दलमा उद्योग, वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दङ्गाल पनि रहनु प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको रावलले बताउनुभयो ।

सोमबार र मङ्गलबार त्यहाँ रहँदा मन्त्री अर्यालसहितको टोलीले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुहुने र छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने संयोजक रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री