बिहीबार, १३ वैशाख २०८१

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोवार फुकुवा

समयपोष्ट २०७९ माघ ११ गते १९:४४

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने सम्बन्धमा दुबै कम्पनीबीच अन्तिम सम्झौता भई नियमनकारी निकायहरुबाट गाभ्न स्विकृति प्राप्त भएको र आजदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोवार सूचारु भएको कम्पनीले जनाएको छ।

नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ रुपयाँ तोकेको छ।

साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना संस्थापक समूह अन्तर्गत ७० प्रतिशत तथा सर्वसाधारण समूह अन्तर्गत ३० प्रतिशत रहेकोमा कम्पनीको साधारण सभाबाट निर्णय भई नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त भए अनुसार धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१) मा रहेको ब्यवस्था बमोजिम लक इन पिरियड यथावत रहने गरी कम्पनीको पूँजी संरचना संस्थापक समूह अन्तर्गत ५१ प्रतिशत तथा सर्वसाधारण समूह अन्तर्गत ४९ प्रतिशत रहने गरी अभिलेख भएको कम्पनीले जनाएको छ।

हाल कम्पनिको चु्क्ता पूँजी रु ४.५४ अर्ब रहको छ। कम्पनिले देशभर रहेका १८१ शाखा कार्यालयहरुबाट आफ्ना सेवाग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री