शनिबार, १५ वैशाख २०८१

बैंकरले आफूले गरेको योगदान अनुसार समाजबाट सम्मान पाउन सकेका छैनन् : अध्यक्ष केसी

समयपोष्ट २०७९ माघ ११ गते ९:४८

Advertisement

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राज्यलाई अर्बौ रुपैयाँ कर तिरे पनि बैंकरहरु योगदान अनुसार सम्मानित हुन नसकेको बताएका छन् ।

मंगलबार राजधानीमा संघले आयोजना गरेको आर्थिक पत्रकारहरुसंगको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष केसीले बैंक पारदर्शी व्यवसाय गरेर आफैंले मात्रै आम्दानी नगरेको राज्यलाई वार्षिक ३२ अर्ब कर तिर्ने गरेको बताए ।

उनले भने,‘बैंक पारदर्शी व्यवसाय गरेर आफैंले मात्रै कमाएका छैन, प्रत्येक वर्ष सरकारलाई समेत अर्बौं रुपैयाँ कर समेत तिरेका छन्,’ केसीले गुनासो गरे,‘तर, बैंकरले आफूले गरेको योगदान अनुसार समाजबाट सम्मान पाउन सकेका छैनन् ।’

अध्यक्ष केसीले व्यावसायिले दबाब दिएर बैंकले ब्याजदर कम गर्ने सक्ने अवस्था नरहेको समेत बताए ।

‘बजारमा तरलता केही सहज हुनुको साथै महंगीवृद्धि दर केही कम हुँदा बैंकर्ससंघले निक्षेपमा १० प्रतिशतले ब्याजदर घटाउने निर्णय गरिसकेको छ,’ केसीले भने, ‘राष्ट्र बैंकको नियमअनुसार अहिले निक्षेपमा ब्याज घटाउँदा आगामी बैशाखदेदेखि मात्रै कर्जाको ब्याज घटाउन मिल्छ । त्यसैले अहिले नै ऋणको ब्याजदर घट्ने सम्भावना छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री