शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवनमा

समयपोष्ट २०७९ माघ ९ गते २१:०३

Advertisement

माछापुच्छ्रे बैंक लि.ले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो ।

कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भए सगैँ बैंकको हाल सम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर संचालनमा रहेका छन् ।

माछापुच्छ्रे बैंक लि.ले देशका हरेक बर्ग तथा समुदाय सम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री