शनिबार, ८ वैशाख २०८१

प्रुडेन्शियल इन्स्योरेन्सको लाभांश घोषणा

समयपोष्ट २०७९ पुष १९ गते ११:३१

Advertisement

प्रुडेन्शियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३४२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी ( रकममा रु. १,१८,६१,४४,८१९ / -) को ६.५% बोनस शेयर ( रकममा रु. ७,७०,९९, ४१३/२५) (अक्षरेपी सातकरोड सत्तरी लाख उनान्सयहजार चारसय तेह रुपैयाँ र पैसा पच्चीस मात्र) र उक्त बोनस शेयर कर प्रयोजनार्थ ०.३४२% नगद लाभांश (रकममा रु. ४०,५७,८६३/८६) (अक्षरेपी चालीसलाख सन्ताउन्नहजार आठसय त्रिसठी रुपैयाँ र पैसा छयासी मात्र) वितरण गर्नेप्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री