बिहीबार, १३ वैशाख २०८१

लक्ष्मी बैंकको खुद नाफा ८१ करोड ७३ लाख

समयपोष्ट २०७८ माघ ७ गते १७:५२

Advertisement

लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८१ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२७ प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ८० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद व्याज आम्दानी पनि ६.०८ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यहि अवधिमा १ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २८.५५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा भने ०.२१ प्रतिशतले घटेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५३ करोड १० हजार रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४४ करोड ९० लाख रपैयाँ संञ्चित छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात २१.६२ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री