शनिबार, १५ वैशाख २०८१

कामना सेवा विकास बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

समयपोष्ट २०७८ माघ ४ गते १०:१५

Advertisement

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले दोस्रो त्रैमाससम्ममा ३४ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि गैर सञ्चालन आम्दानी नभएका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४१.५१ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ रुपैयाँ ४२ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ रुपैयाँ ५४ पैसा घटेर २१ रुपैयाँ ८७ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी १८.५० प्रतिशत बढेको छ भने जगेडा कोष १२.५१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.९९ प्रतिशत बढेको छ भने कर्जा ११.५० प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री