शनिबार, २२ वैशाख २०८१

हिमालयन बैंकको महेन्द्रनगर शाखा सञ्चालनमा

समयपोष्ट २०७८ पुष २७ गते १३:३८

Advertisement

हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ ।

सोमबार देखि सञ्चालनमा आएको उक्त शाखाबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ ।

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक श्री बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिएम संख्या १४८ र ५,००० भन्दा बढी पि ओ एस टर्मिनल संख्या पुगेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री