बिहीबार, २६ असार २०८२

एक पुरुषलाई अदालतको आदेश- यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनू

समयपोष्ट २०७७ माघ १४ गते १८:२१

Advertisement

बेलायतको एक अदालतले एक पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिला बस कन्डक्टर, महिला प्रहरी सँग मात्रै कुरा गर्न अनुमति दिइएको छ । यसका साथै उनले कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्न चाहेको खण्डमा २४ घण्टा अघि प्रहरीलाई यसबारे जानकारी दिनुपर्ने निर्णय समेत अदालतले सुनाएको छ ।

निर्माण क्षेत्रमा काम गर्ने ३९ वर्षका पुरुष डीन डायरमाथि यौन हमलाका विभिन्न विषयमा मुद्दा चलिरहेको छ । एक महिलाले ती पुरुषमाथि पार्टीका बेला गलत तरिकाले छोएको र यसको विरोध गर्दा बलात्कारको धम्की पनि दिएको आरोप लगाएकी छिन् । यद्यपि, उनीमाथि लागेका कुनै पनि आरोप पुष्टि भइसकेको छैन ।

डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका सात आरोप लागेका छन् ।

बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एउटा यस्तो आदेश हो जुन त्यस्ता व्यक्तिलाई दिइन्छ जसको दोष प्रमाणित भएको छैन र जसबाट समाजलाई खतरा छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री